अलविदा मन्त्री रविन्द्र अधिकारी


          रविन्द्र अधिकारी 

रविन्द्र अधिकारीको जन्म
2026 बैशाख 22 गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका थिए। मृत्युः 2075 फागुन 15 गते तापलेजुंगको पाटीभेरा मन्दिर बाट फर्किने बेला हेलिकोप्टर दुर्घटनामा परी भएका थिए। उहाको प्राथमिक शिक्षा आफ्नै गाऊँको
श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो जसका कारण पनि उंहालाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा  चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनु भयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम  बिद्यालय जीबनमै प्रदर्शन गरेको कुरा कसी बाट पनि  छिपेको छैन । त्यस समयमा उहाँले  बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गर्नु भएको थियो ।

बिद्यार्थी राजनीति र उच्च शिक्षा

प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि  केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन  शुरू गर्नु भयो । बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।

त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएका थिए । बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले  पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्दै थिए ।  एशियाली बिद्यार्थी संगठन (ASA), बिश्व प्रजातान्त्रिक युबा संघ लगाएत अन्तराष्ट्रीय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रीय सम्मलेनमा भाग लिनु भएको थिए ।
बिद्यार्थी आन्दोलन र जेल

पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता,प्रजातन्त्र,प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशता लाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक-पटक गरी छ महीना जेल र हिरासतमा बिताउनु भयो । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो ।त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । ०४६को  परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भयो ।कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा  बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रिबि का स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापक हरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नु हुन्थ्यो ।अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरी लाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गु

Comments

Popular posts from this blog

Manmohan Adhikari

APJ ABDUL KALAM