Posts

Showing posts from February, 2019

अलविदा मन्त्री रविन्द्र अधिकारी

Image
          रविन्द्र अधिकारी  रविन्द्र अधिकारीको जन्म 2026 बैशाख 22 गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका थिए। मृत्युः 2075 फागुन 15 गते तापलेजुंगको पाटीभेरा मन्दिर बाट फर्किने बेला हेलिकोप्टर दुर्घटनामा परी भएका थिए। उहाको प्राथमिक शिक्षा आफ्नै गाऊँको श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो जसका कारण पनि उंहालाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा  चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनु भयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अन